एनएमबी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकले ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने घोषणा गरेको हो।
यसका साथै बैंकले एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा पनि गरेको छ।
बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।