बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा बन्द भएको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार ३ अर्ब ७४ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब ९३ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३५४ वटा धितोपत्रको एक करोड १२ लाख ३३ हजार ६३६ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १४० कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ वटाको घटेको छ। यस्तै, ११ कम्पनी स्थिर छन्।
कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको मूल्य ९२४ रूपैयाँ ६० पैसा पुगेको छ।
यस्तै, स्नो रिभर्सको मूल्य ६.४० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८७८ रूपैयाँ कायम भएको छ।
यसदिन आरबिबी म्युचुअल फण्ड २ को मूल्य सर्वाधिक ८.०७ प्रतिशतले घटेको छ।
उक्त इकाइको मूल्य ९ रूपैयाँ पुगेको छ।
यसैगरी, घलेम्दी हाइड्रोको मूल्य ३.३६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २८५ रूपैयाँमा सीमित भएको छ।
बिहीबार घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको २८५ रूपैयाँमा २६ करोड ६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ३.३६ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा हिमाल दोलखा हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको २२८ रूपैयाँमा १९ करोड २३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको घटेको छ।
यसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ०.७३ प्रतिशतले बढेको छ।