मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेप्से १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
शुक्रबार ३ अर्ब पाँच करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम बढेर ४ अर्ब ७३ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३५३ वटा धितोपत्रको एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर किनबेच भएको हो।
मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८५ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।
अपर लोहोरे खोला हाइड्रोपावरको मूल्य सर्वाधिक ११.८४ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३५९ रूपैयाँ पुगेको छ।
यस्तै, सेन्ट्रल फाइनान्सको मूल्य ६ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ६३६ रूपैयाँ ९० पैसा कायम भएको छ।
यसदिन एभरेस्ट कलरको मूल्य सर्वाधिक ५.३६ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार १८२ रूपैयाँ पुगेको छ।
यसैगरी, सिवाइसिएल लघुवित्तको मूल्य ४.८६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार २३२ रूपैयाँमा सीमित भएको छ।
मंगलबार नबिल बैंक डिबेन्चरको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको एक हजार १२२ रूपैयाँ ५० पैसामा २८ करोड ९१ लाख रूपैयाँको कारोबार भएको छ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा घोराही सिमेन्ट रहेको छ। उक्त कम्पनीको ३२९ रूपैयाँमा २० करोड ३१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको घटेको छ।
यसमध्ये होटल्स समूहको परिसूचक सर्वाधिक १.२१ प्रतिशतले घटेको छ।