बिहीबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा बन्द भएको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ४ अर्ब १५ करोड रकमको कारोबार भएकोमा यसदिन उक्त रकम घटेर ३ अर्ब ८७ करोड रूपैयाँ पुगेको छ।
यसदिन ३४७ वटा धितोपत्रको ९४ लाख ३७ हजार ८४२ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ वटाको घटेको छ। यस्तै, १० कम्पनी स्थिर छन्।
बोटलर्स नेपाल (बालाजु)को मूल्य सर्वाधिक ६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य १४ हजार ८४० रूपैयाँ पुगेको छ।
यस्तै, बोटलर्स नेपाल (तराई)को को मूल्य ५.६३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य १२ हजार ७५० रूपैयाँ कायम भएको छ।
यसदिन एभरेस्ट कलरको मूल्य सर्वाधिक ५.४५ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार २१ रूपैयाँ १० पैसा पुगेको छ।
यसैगरी, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मूल्य ५.४३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३८८ रूपैयाँ ७० पैसामा सीमित भएको छ।
बिहीबार एनआइसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३४० रूपैयाँ १० पैसामा १६ करोड ७८ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.९० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा पिपुल्स हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको ३६९ रूपैयाँमा १५ करोड १६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको घटेको छ।
यसमध्ये होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशतले बढेको छ।