हिमालय एयरलाइन्सले काठमाडौं-हङकङ उडान गर्ने भएको छ। नेपाल सरकारले हङकङको नागरिकता तथा भिसा भएकाहरुलाई जान दिने निर्णय गरेपछि सो गन्तव्यमा हिमालयले उडान गर्ने भएको हो।
एयरलाइन्सले यसका लागि उडान अनुमतिको प्रक्रिया सुरु गरिसकेको छ।
जेठ ९ मा पहिलो उडान गर्ने लक्ष्य लिइएको हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। उनका अनुसार उडान अनमुतिको प्रक्रिया जारी रहेकाले उडान मिति निश्चित भएको छैन। यअसअघि आज पहिलो उडान गर्ने लक्ष्य लिइएको थियो।
चार्टर्ड फ्लाइटका लागि टिकेटिङको जिम्मेवारी हार्बेस्ट मुन ट्राभल्सले लिएको छ।उक्त कम्पनीले प्रति यात्रु नेपाली रुपैयाँ६३ हजारमा टिकट काटिरहेको हो।
यात्रु संख्याका आधारमा उडान गर्ने तयारी गरेको एयरलाइन्सले न्यूनतम ४ उडान हुने अनुमान गरेको छ। जसमा पहिलो उडान जेठ ९, दोस्रो उडान जेठ ११,तेस्रो जेठ १३ र चौथो उडान १५ जेठमा हुने छ।
यद्यपी बुकिङको आधारमा उडान हुने एयरलाइन्सले जानकारी दिएको छ।
काठमाडौंबाट हङकङ जानका लागि हार्बेस्ट मुन ट्राभलमा टिकट बुक गर्नुपर्ने छ। ट्रालभमा फोन गरेर बुझ्न सकिने छ। जान मिल्ने वा नमिल्ने जस्ता विषयमा ट्राभलमै बुझ्न सकिने बताइएको छ।
हार्वेस्ट मुनको फोन नम्बरहरु 01-4415574/01-4415526/01-4415517/01-4415442/01-4415726/801231549/9803756047 यी रहेका छन्।