सामसङले ‘जोड्दै खुसी, सजाऔं जिन्दगी’ फेस्टिभ अफर नेपाली बजारमा ल्याएको छ।
आफ्ना उत्पादनहरुले ग्राहकहरुको घर र परिवारमा खुसी सजाउन, यस अफर ल्याएको सामसङले बताएको छ।
उक्त अफरअन्तर्गत सामसङका कन्जुमर इलेक्ट्रोनिक्स् उत्पादनहरुमा अधिकतम ३५ प्रतिशतसम्मको छुट पाइनेछ।
यस ३५ प्रतिशतसम्मको छुट ग्लोबल नं १ सामसङ टिभि, रेफ्रिजेरेटर र वासिङ्ग मेसिनको किन्दा लागू हुन्छ।
सामसङ प्लाजाको आधिकारिक वेभसाइटबाट पनि सामसङका उत्पादनहरु किन्ने वैकल्पिक सुविधा दिइएको छ।
सामसङले टिभिहरुमा २ वर्ष (१ वर्ष फूल प्रोडक्ट वारेन्ट र थप १ वर्ष प्यानलमा) को वारेन्टी प्रदान गरेको छ।
त्यस्तै डिजिटल इन्भर्टर टेक्नोलोजीमा १० वर्षको वारेन्टी रहेको छ।
सामसङकाअनुसार निश्चित आउटलेटहरुबाट सहज किस्ताबन्दी तथा निश्चित सामानहरु निःशुल्क जडान गरिदिने सुविधा दिइएको छ।
यो फेस्टिभ अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू गरिएको छ।