लुम्बिनी सिरेमिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टायल्सले नबिल बैंकसँग च्यानल फाइनान्सिङ सुविधा सुरु गर्न सम्झौता गरेको छ।
उक्त सम्झौतामा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टले हस्ताक्षर गरेका छन्।
सहयोगपछि देशभरका डिलरहरूले सजिलै चालु पुँजी प्राप्त गर्नेछन्। नबिल बैंकले लोन प्रशासकीय शुल्कमा छुटसहित एलसी, बैंक ग्यारेन्टी, मोबाइल बैंकिङ, सेफ–डिपोजिट लकर, पिओएस शुल्क र क्रेडिट कार्डमा विशेष सुविधा उपलब्ध गराउनेछ।
दुवै संस्थाको सहकार्यले डिलरहरूको लिक्विडिटी सुधार हुने र टायल्स उद्योगको विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।