नेपालको निर्माण सामग्री क्षेत्रमा स्वदेशी उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ लुम्बिनी सेरामिक्स लिमिटेडले उत्पादन गर्दै आएको लामिनार टायल्स आयात प्रतिस्थापन र औद्योगिक आत्मनिर्भरताको उदाहरण बन्दै गएको छ।
बर्दियाको गुलरिया नगरपालिकामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको कम्पनीको अत्याधुनिक उत्पादन केन्द्रबाट ५०० भन्दा बढी डिजाइन र एक लाख ४० हजार वर्गफिटभन्दा बढी टायल उत्पादन हुँदै आएको छ।
आधुनिक प्रविधि, कडा गुणस्तर परीक्षण र उच्च उत्पादन क्षमताका कारण नेपाली बजारमा स्वदेशी टायलप्रतिको विश्वास बढ्दै गएको कम्पनीको दाबी छ।
५ अर्ब लगानी रहेको लामिनर २०८१ भदौबाट उत्पादन सुरू गरेको थियो। केही वर्षअघिसम्म गुणस्तरीय टायल भन्नासाथ आयातित ब्रान्डलाई प्राथमिकता दिने बजारमा अहिले स्वदेशी उत्पादनले पनि प्रतिस्पर्धी स्थान बनाउन थालेको छ।
कम्पनीका निर्देशक आशुतोष खेतानका अनुसार कच्चा पदार्थको तयारीदेखि प्रेसिङ, ग्लेजिङ, डिजिटल प्रिन्टिङ, उच्च तापक्रममा फायरिङ, गुणस्तर परीक्षण, कटिङ र प्याकेजिङसम्मका सम्पूर्ण उत्पादन प्रक्रिया एउटै परिसरभित्र सञ्चालन हुने भएकाले उत्पादनको गुणस्तर, स्थायित्व र एकरूपता सुनिश्चित गर्न सहज भएको छ।
लामिनारका टायलहरू आवासीय भवनका भुइँ र भित्तादेखि होटल, अस्पताल, शैक्षिक संस्था, व्यावसायिक भवन तथा बढी चिप्लिन प्रतिरोध आवश्यक हुने बाह्य क्षेत्रमा प्रयोग गर्न मिल्ने गरी विकास गरिएको कम्पनीले जनाएको छ।
हाल कम्पनीले ४०० भन्दा बढी डिजाइनका टायल उत्पादन गर्दै आएको छ।
देशभर १६० भन्दा बढी आधिकारिक डिलर छन्।
उत्पादनसँगै कम्पनीले काठमाडौंको उत्तरढोकामा स्थापना गरेको लामिनार एक्सपेरियन्स सेन्टर वास्तुविद्, इन्टेरियर डिजाइनर, परियोजना विकासकर्ता, डिलर तथा उपभोक्तालाई उत्पादनबारे जानकारी दिने र आवश्यकताअनुसार उपयुक्त विकल्प छनोट गर्न सहयोग गर्ने केन्द्रका रूपमा विकास गरिएको छ।
कम्पनीका अनुसार लामिनार टायल्सले नेपाल स्ट्यान्डर्ड (एनएस ६१७:२०८२) प्रमाणपत्र प्राप्त गरिसकेको छ। यसको पानी सोस्ने क्षमता ०.०८ प्रतिशत वा सोभन्दा कम भएकाले यो पूर्ण रूपमा भिट्रिफाइड टायल्सको श्रेणीमा पर्छ।
उद्योगको आफ्नै प्रयोगशालामा जल अवशोषण क्षमता, घर्षण प्रतिरोध, मोड्ने तथा भाँचिने शक्ति, चिप्लिन प्रतिरोध, सतहको कठोरता, रासायनिक तथा दाग प्रतिरोध, आयामीय शुद्धता र सतहको एकरूपतालगायतका प्राविधिक परीक्षण नियमित रूपमा गरिन्छ। गुणस्तरका कारण लामिनार टायल्सको प्रयोग विभिन्न ठूला परियोजनामा विस्तार भइसकेको छ।
कम्पनीका अनुसार सन् २०२६ सम्म देशका ४८ स्थानमा तालिम तथा पुनर्ताजगी कार्यक्रम सञ्चालन गरी १,३५५ जना मिस्त्रीलाई तालिम प्रदान गरिएको छ। यसका अतिरिक्त कम्पनीले ग्राहक, ठेकेदार तथा मिस्त्रीलाई साइटमै पुगेर टायल जडान प्रक्रिया, सतह तयारी, उपयुक्त टायल एड्हेसिभ छनोट, जोइन्ट स्पेसिङ तथा ठूलो आकारका टायलको सुरक्षित जडानसम्बन्धी प्राविधिक परामर्श पनि उपलब्ध गराउँदै आएको छ।
कम्पनीले उत्पादन प्रणाली, गुणस्तर नियन्त्रण तथा जिम्मेवार औद्योगिक अभ्यासमा निरन्तर लगानी गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा पनि ध्यान केन्द्रित गरेको जनाएको छ।
तस्बिरहरू:
-1783582657.jpg)
-1783582656.jpg)
-1783582656.jpg)
-1783582656.jpg)
-1783582655.jpg)
-1783582654.jpg)
-1783582655.jpg)
-1783582655.jpg)
-1783582656.jpg)
-1783582655.jpg)
-1783582653.jpg)
-1783582654.jpg)
-1783582654.jpg)
-1783582653.jpg)
-1783582653.jpg)
-1783582653.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी