एसियन पेन्ट्स नेपालले केलिडोस्कोप–अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८२–८३ को १३औं संस्करणको पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ।
युवा डिजाइन प्रतिभाहरूको सिर्जनशीलता, नवप्रवर्तनशील सोच तथा व्यावसायिक क्षमताको सम्मान गर्ने यस कार्यक्रमले शैक्षिक अध्ययन र व्यावसायिक अभ्यासबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ।
कार्यक्रममा नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय सचिव इ. गोपाल प्रसाद सिग्देल प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
केलिडोस्कोप नेपालका भावी वास्तुकार तथा आन्तरिक डिजाइनरहरूलाई वास्तविक परियोजनामार्फत व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रिय मञ्च हो।
प्रतियोगिताले विद्यार्थीहरूलाई उद्योगको वास्तविक कार्यपरिवेशसँग परिचित गराउँदै व्यावहारिक ज्ञान, सिर्जनात्मक क्षमता तथा पेशागत तयारीलाई अझ सशक्त बनाउन सहयोग पुर्याउँदै आएको बताइएको छ।
यस वर्षको प्रतियोगिताले नेपालका उदीयमान डिजाइन प्रतिभाहरूको जोश, सिर्जनशीलता र समर्पणलाई सम्मान गरेको थियो।
प्रतिष्ठित वरिष्ठ आर्किटेक्टहरू, सोसाइटी अफ नेपाली आर्किटेक्ट्स (सोना) का प्रतिनिधिहरू तथा सहरी विकास तथा भवन निर्माण विभाग (डियुडिबिसी) का पदाधिकारीहरू सम्मिलित निष्पक्ष निर्णायक मण्डलद्वारा बहु-चरणीय मूल्यांकन प्रक्रियामार्फत उत्कृष्ट डिजाइनहरूको छनोट गरिएको थियो।
असाधारण दृष्टिकोण, नवीन सोच तथा उत्कृष्ट डिजाइन क्षमताको कदर गर्दै प्रतियोगिताका शीर्ष १२ प्रतिस्पर्धीहरूलाई प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो भने शीर्ष ३ विजेताहरूलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।
यस वर्षको प्रतियोगितामा नेपालका प्रतिष्ठित प्राविधिक शैक्षिक संस्थाहरूबाट सहभागी भएका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।
आइओई, थापाथली क्याम्पसका पुरुषोत्तम घिमिरेले विजेता (विनर) को उपाधि हासिल गर्न सफल भए।
आइओई, पूर्वाञ्चल क्याम्पसका सुमन बि.के.ले प्रथम उपविजेता (प्रथम रनर–अप) को स्थान हासिल गरे भने हिमालय कलेज अफ इन्जिनियरिङकी अदिती रिजाल द्वितीय उपविजेता (द्वितीय रनर–अप) घोषित भए।
उनीहरूको सिर्जनात्मक दृष्टिकोण, नवीन डिजाइन अवधारणा तथा प्राविधिक दक्षताले नेपालका भावी वास्तुकार तथा डिजाइनरहरूको उज्ज्वल सम्भावनालाई प्रतिबिम्बित गरेको छ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा विजेता डिजाइनको त्रिआयामिक (३डी) मोडेल सार्वजनिक गरिएको थियो, जसले विद्यार्थीहरूको कल्पनाशीलता र मेहनतलाई जीवन्त रूप दिएको थियो।
साथै विजेता अवधारणात्मक डिजाइनलाई शहरी विकास तथा भवन निर्माण विभाग (डियुडिबिसी) समक्ष औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो, जसले शैक्षिक सिर्जनशीलतालाई वास्तविक विकाससँग जोड्ने महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ।
एसियन पेन्ट्स नेपाल शैक्षिक संस्था र उद्योगबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै युवा प्रतिभाहरूलाई सिर्जनात्मक अवसरमार्फत सशक्त बनाउन निरन्तर प्रतिबद्ध रहेको छ।
केलिडोस्कोप को १३औं संस्करण प्रेरणा, मार्गदर्शन, नवप्रवर्तन र उत्कृष्टताको यात्रामा अर्को महत्वपूर्ण कोशेढुंगा बन्न सफल भएको बताइएको छ।