टर्कीमा निर्मित प्रिमियम ब्रान्ड इम्प्राइम परफ्युम नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
यस ब्रान्डको नेपालका लागि आधिकारिक बिक्री तथा वितरण ट्रु वेलनेस प्राइभेट लिमिटेड ले गर्ने भएको छ।
कम्पनीले नेपाली बजारमा २६ वटा फुल-साइज र १२ वटा ट्राभल-साइज गरी कुल ३८ प्रकारका परफ्युम उपलब्ध गराएको छ। परफ्युमको मूल्य १ हजार ४७५ देखि ५ हजार ९५० सम्म निर्धारण गरिएको कम्पनीले जनाएको छ।
ब्रान्ड म्यानेजर प्रेसा कोइराला का अनुसार इम्प्राइम परफ्युम देशभरका प्रमुख कस्मेटिक्स, मेकअप तथा परफ्युम स्टोरहरूमा उपलब्ध हुनेछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुषार सराफ ले नेपाली बजारमा नक्कली परफ्युमको बिक्री बढ्दो रहेको उल्लेख गर्दै त्यसलाई निरुत्साहित गर्न अन्तर्राष्ट्रियस्तरको प्रिमियम परफ्युम सर्वसुलभ मूल्यमा नेपाल ल्याइएको बताए।
उनका अनुसार उपभोक्ताले अब उचित मूल्यमा गुणस्तरीय तथा मौलिक टर्किस परफ्युम प्रयोग गर्न सक्नेछन्।
यसैबीच, कम्पनीले इम्प्राइम परफ्युमको ब्रान्ड एम्बासडर रूपमा चर्चित नेपाली अभिनेत्री आँचल शर्मा लाई अनुबन्ध गरेको छ।