युवापुस्ता माझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा ई–स्पोट्र्सको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै 'एक्सट्रिम २०२६ पिएमएनसी नेपाल फल’ आयोजना गर्न लागेको छ।
दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भाद्र ६ र ७ गते (शनिबार र आइतबार) प्रतियोगिता हुनेछ।
आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितालाई एक्सट्रिम इनर्जी ड्रिंकले प्रवद्र्धन गरेको छ। प्रतियोगितालाई ’एक्सट्रिम २०२६ पिएमएनसी नेपाल फल’ का रूपमा प्रस्तुत गरिएको छ।
’रोड टू पिएमजिसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ।
प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि बढ्ने अवसरसमेत पाउने आयोजकले विश्वास लिएको छ।
यसअघि पनि एक्सट्रिम इनर्जी ड्रिंकले नेपालका विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ।
पछिल्लो समय कम्पनीले क्रिकेटसहित विभिन्न खेलसँग आफ्नो ब्रान्डलाई जोड्दै आएको छ।
पिएमएनसी नेपाल फलको ग्रान्ड फाइनल भने नेपाली ई–स्पोर्टस प्रेमीका लागि विशेष आकर्षण बन्ने देखिएको छ।
दुई दिने प्रतिस्पर्धामा उपाधिका लागि टोलीहरूबिच हुने प्रतिस्पर्धासँगै नेपालबाट अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने सम्भावित टोलीमाथि पनि सबैको नजर रहनेछ।