झापा बिर्तामोडस्थित भाट-भटेनी सुपर स्टोर आज (आइतबार) देखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ।
उक्त स्टोर आजदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्यहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए।
ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत रहेको समेत कम्पनीले जानकारी दिएको छ।