जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजिआई) ले हालैको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग गरेको छ।
देशका विभिन्न क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउन तथा नेपाल सरकारले सञ्चालन गरिरहेको राहत र पुनःस्थापनाको प्रयासमा साथ दिन उक्त रकम कोषमा हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ।
जेजिआईले यो सहयोग आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपदबाट प्रभावित समुदायलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धताको हिस्सा भएको उल्लेख गरेको छ।