जस्मिन पेन्ट्सले प्राकृतिक विपद्का कठिन घडीमा प्रभावित परिवारहरूको पीडालाई आफ्नो पीडा सम्झँदै साथ र सहयोग गर्दै आएको छ।
यही सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै, रसुवामा हालै आएको प्राकृतिक विपदबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले (सिएसआर) अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रूपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा जस्मिन पेन्ट्सका प्रबन्ध निर्देशक लक्ष्मण अर्याल र प्रमुख कार्यकारी अधिकृत सौगात अर्यालले उक्त रकम उत्तर कुमार खत्री, सहसचिव (नेपाल सरकार) तथा निमित्त अध्यक्ष, नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई हस्तान्तरण गरे।