नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ र सदस्य उद्योगहरूले बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख रूपैयाँ सहयोग गर्ने भएका छन्।
संघले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन उक्त रकम राहत कोषमा जम्मा गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको छ।
भदौ १० गते चीनको सिजाङ (तिब्बत) बाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र पूर्वी नवलपरासीसहितका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
बाढीका कारण नागरिकको मृत्यु, बेपत्ता र घाइते हुनुका साथै घर, सम्पत्ति तथा सार्वजनिक संरचनामा क्षति पुगेको कारण पीडितको राहत र सरको कामलाई सहयोग गर्न रकम उपलब्ध गराएको संघले जनाएको छ।
प्रभावित क्षेत्रको पुनःस्थापना र पूर्वाधार निर्माणमा पनि विशेष ध्यान दिनुपर्ने संघको भनाइ छ।
राहत तथा पुनःस्थापनाका काममा सम्बन्धित निकायबाट समयमै निर्णय र आवश्यक सहयोग हुनुपर्ने संघले जनाएको छ।