पार्ले प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि १४ लाख ४० हजार रूपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको छ।
कम्पनीले नेपालस्थित उत्पादक एन्टार्कटिक बिस्कुट्स प्रालिमार्फत १० रुपैयाँ अधिकतम खुद्रा मूल्य (एमआरपी) का १ लाख ४४ हजार प्याकेट अर्थात् एक हजार कार्टुन पार्लेजी बिस्कुट सरकारी राहत संयन्त्रलाई हस्तान्तरण गरेको हो।
उक्त राहत सामग्री सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १५ गते एन्टार्कटिक बिस्कुट्सलाई पत्र पठाउँदै राहत सामग्री नेपाल प्रहरी विपद् उद्धार तथा प्रतिकार्य तालिम केन्द्र, सामाखुसीमा बुझाउन सहजीकरण गरेको थियो।