बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मन्त्र थकालीले प्रधानमन्त्री राहत कोषमा २१ लाख १ हजार ११ रूपैयाँ सहयोग गरेको छ।
मन्त्र थकालीका सञ्चालकहरूले सोमबार अर्थमन्त्रीलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन्।
पोखराबाट सुरू भएको मन्त्र थकाली पछिल्लो समय काठमाडौंमा पनि विस्तार भएको छ।
काठमाडौंमा दुई र पोखरामा यसको २ वटा शाखा सञ्चालनमा छन्।
महिलाहरूको समूह तथा उद्यमीहरूको पहलमा सञ्चालित मन्त्र थकाली पछिल्लो समय नेपाली खानाका पारखीमाझ लोकप्रिय बन्दै गएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो प्रभावितको राहतका लागि सहयोग गरिएको मन्त्र थकालीकी सञ्चालक तृष्णा शेरचनले बताइन्।