भाटभटेनी सुपर मार्केटले धरानस्थित पुतली लाइन शाखा पुनः सञ्चालनमा ल्याएको छ।
भाटभटेनीले मंगलबारदेखि शाखा नियमित रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।
बाढी तथा अन्य कारणले प्रभावित भएको शाखा पुनः सञ्चालनमा आएपछि ग्राहकलाई नियमित सेवा दिन सुरू गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले शाखाबाट दैनिक रूपमा सेवा प्रदान गरिने जानकारी दिए।
कम्पनीले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ।