रसुवाको भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि एमभी दुगड ग्रुपले १ करोड ११ लाख रूपैयाँ सहयोग गरेको छ।
ग्रुप तथा अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको समेत स्वेच्छिक आर्थिक सहयोग समेटिएको उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो।
चेक ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले हस्तान्तरण गरेका हुन्।
उक्त सहयोग बाढीपहिरो प्रभावित नागरिकको तत्कालीन राहत तथा पुनर्स्थापनामा उपयोग होस् भन्ने उद्देश्यले प्रदान गरिएको ग्रुपले जनाएको छ।
ग्रुपले विपद्का बेला नेपाल सरकारसँग सहकार्य गर्दै मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङका कारण प्राकृतिक विपद्को जोखिम बढिरहेको भन्दै ग्रुपले २०७८ सालदेखि देशभर वृक्षरोपण अभियानसमेत सञ्चालन गर्दै आएको छ।