गोल्छा च्यारिटी ट्रष्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रूपैयाँ सहयोग
मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था 'श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट'मार्फत भदौ २२ गते प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ।
उक्त आर्थिक सहयोग रकम देशका विभिन्न भागमा हालै आएको बाढी तथा पहिरोबाट गम्भीर रूपमा प्रभावित समुदायहरूका लागि नेपाल सरकारद्वारा सञ्चालित आपतकालीन उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माण कार्यमा उपयोग हुनेछ।
विपद्का कारण प्रभावित सम्पूर्ण परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दै ट्रष्टले संकटको यस घडीमा राष्ट्रको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धता दोहोऱ्याएको छ।