नेपालका विभिन्न समुदायहरूमा हालै आएको बाढीबाट प्रभावित भइरहेका बेला, युनिलिभर नेपालले राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुऱ्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रूपैयाँ योगदान गरेको छ।
उद्धार तथा पुनर्स्थापना कार्यहरू निरन्तर भइरहेका अवस्थामा र बाढीको पानी घट्दै जाँदा, प्रभावित समुदायहरूमा सुरक्षित र स्वस्थ जीवनयापनको अवस्था पुनर्स्थापित गर्नु अत्यन्त आवश्यक रहेको छ।
यस उद्देश्यका साथ युनिलिभर नेपालले थप करिब २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीहरू उपलब्ध गराएको छ। जसको मूल्य करिब १ करोड रूपैयाँ रहेको छ।
बाढीपछि बढ्न सक्ने प्रदूषण तथा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिन लगायत युनिलिभरका स्वास्थ्य तथा घरायसी सरसफाइसम्बन्धी उत्पादनहरूले प्रभावित परिवारहरूलाई आफ्नो वरपरको वातावरण सफा तथा स्वच्छ राख्न र व्यक्तिगत सरसफाइ कायम राख्न सहयोग पुऱ्याउने उद्देश्य राखेका छन्।