नेपालका बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माण प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उबरले 'राइड फर नेपाल' अभियान सुरू गरेको छ।
२० अक्टोबरसम्म सञ्चालन हुने यस अभियानमार्फत उबरले आफ्नो मोबिलिटी नेटवर्कलाई राष्ट्रिय विपद् राहत प्रयाससँग जोड्दै यात्रु तथा चालक दुवैलाई मानवीय सहयोगको अभियानमा सहभागी हुन आह्वान गरेको छ।
अभियानअन्तर्गत उबरले बाढीप्रभावित समुदायको सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
उक्त सहयोग आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनासम्बन्धी कार्यमा उपयोग गरिनेछ।
साथै, अभियान अवधिभर उबर प्लेटफर्ममार्फत सम्पन्न हुने हरेक उबर बाइक यात्राबापत १० रूपैयाँ तथा हरेक उबर क्याब यात्राबापत २० रूपैयाँ उबरले आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने जनाएको छ।
'राइड फर नेपाल' अभियानले दैनिक यात्रालाई विपद् प्रभावित समुदायको राहत तथा पुनर्निर्माण प्रयाससँग जोड्ने उद्देश्य राखेको छ।
यात्रुले उबर एपमार्फत राइड बुक गर्दा तथा चालकले यात्रा स्वीकार गरी सफलतापूर्वक सम्पन्न गर्दा प्रत्येक योग्य यात्रासँगै उबरको तर्फबाट राहत कोषमा थप योगदान जोडिनेछ।
यस अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा वा चालकले प्राप्त गर्ने आम्दानीमा कुनै परिवर्तन हुने छैन।
यात्रुले साविकअनुसारकै भाडा तिर्नेछन् र चालकले पनि साविकअनुसारकै रकम प्राप्त गर्नेछन्।
प्रत्येक योग्य सम्पन्न यात्राबापतको योगदान उबरले आफ्नै तर्फबाट अतिरिक्त रूपमा प्रदान गर्नेछ।
उबरले सबै यात्रु तथा चालकलाई यस अभियानमा सहभागी भइ बाढी प्रभावित समुदायको पुनर्निर्माणमा साथ दिन आग्रह गरेको छ।