भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी वर्षभित्रै गरिने भएको छ।
शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन्।
‘भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउने छौँ,’ उनले भने।