सरकारले राजस्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ।
जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार उनलाई सरुवा पत्र दिएको थियो।
आज अर्थमन्त्रालयबाट अर्थमन्त्री स्वर्णीम वाग्लेको उपस्थितिमा विदाइ गरिएको छ।
उनलाई २०८२ कात्तिकमा राजस्व सचिवका रूपमा अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो।
त्यसअघि बागमती प्रदेशका प्रमुख सचिव थिए।
सरुवासँगै राजस्व सचिव पदमा नयाँ नियुक्ति वा जिम्मेवारीबारे भने निर्णय गरिएको छैन।
अर्थमन्त्रालयमा हाल दुई सचिव अर्थ सचिवको रूपमा घनश्याम उपाध्याय र राजस्व सचिवको रूपमा बराल थिए।
बरालको सुरूभएसँगै दुवै सचिवको जिम्मेवारी उपाध्यायमा रहनेछ।