अर्थ मन्त्रालयले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई मन्त्रालयमा तानेको छ।
सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेको मन्त्रिस्तरीय निर्णयबाट उनलाई मन्त्रालयमा तानिएको हो।
यसअघि जेठ १५ आसपास रसुवा भन्सारबाट भएका गाडी जाँचपासमा त्रुटि देखिएपछि १३ कर्मचारीलाई कारबाही गरिएको थियो।
यस प्रकरणमा विभागीय प्रमुखलाई पनि नैतिक जिम्मेवार बनाउन भन्दै उनलाई मन्त्रालयमा तानिएको हो।
भण्डारीलाई मन्त्रालयमा सरूवा गरिएसँगै विभागको निमित्त महानिर्देशकको जिम्मेवारी भरतमणि पाण्डेलाई दिइएको छ।
भण्डारी २०८२ भदौ १ गतेदेखि महानिर्देशकको जिम्मेवारीमा गएका थिए।