चालु आर्थिक वर्षको कारोबार हुने एक दिन अगावै राजस्व १२ खर्ब रूपैयाँ नागेको छ।
गत आर्थिक वर्षमा ११ खर्ब ७८ अर्ब रूपैयाँको राजस्व संकलन भएकोमा अहिले २५ अर्ब रूपैयाँ बढी राजस्व संकलन भएको महालेखाको प्रणालीमा देखिएको छ।
आर्थिक वर्ष सकिनु एक दिन अगावै गत वर्षको तुलनमा २.१२ प्रतिशतले राजस्व बढेको देखिएको छ।
अन्तिम दिन भने तुलनात्मक रूपमा बढी राजस्व संकलन हुने गरेको छ।
चालु वर्षमा १४ खर्ब ८० अर्बको राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो।
अहिलेसम्म १० खर्ब ८७ अर्बको कर राजस्व र १ खर्ब १६ अर्बको गैरकर राजस्व सरकारले उठाएको छ।
चालु वर्षका ५३ अर्ब रूपैयाँको अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा ३० अर्ब ७० करोड रूपैयाँ प्राप्ति भएको छ।