रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण आन्तरिक राजस्व विभागले भदौ १६ गतेका लागि तय गरेको करदाता प्रोत्साहन पुरस्कार वितरण कार्यक्रम स्थगित गरेको छ।
देश शोक र विपत्तिमा रहेका बेला पुरस्कार वितरण कार्यक्रम गर्न उपयुक्त नहुने भन्दै विभागले भदौ १६ गतेको कार्यक्रम स्थगित गरेको हो।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटका अनुसार चालु आर्थिक वर्षदेखि हरेक महिनाको पहिलो दिन र १६ गते करदाता प्रोत्साहन पुरस्कार घोषणा तथा वितरण गर्ने गरिएको थियो।
अब भदौ १६ गते स्थगित भएको कार्यक्रमसहित भदौ महिनाभरिका विजेतालाई आगामी असोज १ गते एकैपटक पुरस्कार वितरण गरिने विभागले जनाएको छ।