सेतोपाटी फिनटेक कनक्लेभ २.० सुरू भएको छ।
काठमाडौंस्थित मेरियट होटलमा आज दिउँसो २ बजेदेखि फिनटेक कनक्लेभ २.० सुरू भएको हो।
कन्क्लेभको उद्घाटन अर्थमन्त्री स्वर्णिम वाग्लेले गरेका छन्।
यसपालिको सेतोपाटी फिनटेक कनक्लेभको मुख्य प्रायोजक एनसिएल, फोन-पे र इसेवा छन्। नवील बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंक कन्क्लेभका सहायक प्रायोजक छन्।
कनक्लेभमा बैंकिङ र फिनटेक क्षेत्रका २५० जना सहभागी छन्।
सेतोपाटीको फेसबुक पेज र युट्युब च्यानलबाट यो कनक्लेभ प्रत्यक्ष प्रसारण भइरहेको छ।
लाइभः