रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन 'पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी' सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्तामाझ ल्याउनेछ।
नयाँ रियलमी पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट समावेश गरिएको छ भने यसमा ६००० एमएएच टाइटन ब्याट्री तथा ८० वाट अल्ट्रा चार्ज प्रविधि उपलब्ध रहेको छ।
जसले छिटो र प्रभावकारी चार्जिङ अनुभव प्रदान गर्छ।
७.३८ मिलिमिटर अल्ट्रा स्लिम डिजाइन तथा ग्लोइङ लुनार डिजाइनमा उपलब्ध यो स्मार्टफोनमा आइपी ६९ स्तरको पानी प्रतिरोधी सुविधा रहेको छ।
यसमा १.५ के क्वाड–कभर्ड एमोलेड डिस्प्ले तथा ओआइएस सहितको सोनी ५० मेगापिक्सल एआई क्यामरा जडान गरिएको छ।
साथै, ६०५० वर्ग मिलिमिटर एरोस्पेस भिसी कुलिङ प्रणाली, १२ जिबी ऱ्याम, २५६ जिबीसम्म स्टोरेज, जिटी बुस्ट, रियलमी युआई ६.०, डुअल स्टेरियो स्पिकर तथा एन्टेना एरे म्याट्रिक्स जस्ता विशेषता समावेश गरिएको छ।
रियलमी पी३ अल्ट्रा फाइभजी (१२ जिबी+२५६ जिबी) ग्लोइङ लुनार ह्वाइट (सेतो) र नेप्च्युन ब्ल्यू (निलो) रंगमा ६५ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ।
त्यसैगरी, रियलमीले पी३ फाइभजी पनि सार्वजनिक गरेको छ, जसमा स्न्यापड्रागन ६ जेन ४ फाइभजी चिपसेट समावेश गरिएको छ।
दैनिक प्रयोग तथा गेमिङ अनुभवलाई ध्यानमा राखेर तयार गरिएको यस स्मार्टफोनमा ६००० एमएएच टाइटन ब्याट्री, ४५ वाट फास्ट चार्ज, एरोस्पेस कुलिङ प्रणाली तथा १२० हर्ज एमोलेड ई–स्पोर्टस् डिस्प्ले उपलब्ध छ।
यसका साथै फोनमा आइपी ६६, आइपी ६८ तथा आइपी ६९ पानी प्रतिरोधी सुविधा, ७.९७ मिलिमिटर अल्ट्रा स्लिम डिजाइन, अधिकतम २६ जिबी ऱ्याम र २५६ जिबी रोम, ५० मेगापिक्सल एआई क्यामरा, एआई बुस्ट, जिटी बुस्ट, एन्ड्रोइड १५ मा आधारित रियलमी युआई ६.०, डुअल स्टेरियो स्पिकर तथा एन्टेना एरे म्याट्रिक्स २.० जस्ता सुविधा समावेश गरिएको कम्पनीको भनाइ छ।
रियलमी पी३ फाइभजी (८ जिबी+२५६ जिबी) स्टारलाइट ग्रिन (हरियो) र कोमेट ग्रे (खैरो) रंगमा ४४ हजार ९९९ रूपैयाँमा उपलब्ध हुनेछ।
पी३ सिरिज सार्वजनिकसँगै रियलमीले नेपाली उपभोक्तालाई नवीन प्रविधि, आकर्षक डिजाइन तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ।