नेट टिभी प्रालिले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागबाट आधिकारिक रूपमा ओटिटी (ओभर-द-टप) प्रसारण सेवा सञ्चालनको इजाजतपत्र प्राप्त गरेको छ।
नेटटिभीका सिइओ निरन राजभण्डारीले यो ऐतिहासिक र गौरवपूर्ण उपलब्धि सार्वजनिक गर्न पाउँदा अत्यन्तै गौरव महसुस भएको बताए।
कम्पनीले २०१७ मै ओटिटी एप सार्वजनिक गरेको थियो ।
नेटटिभी नेपालकै पहिलो आइपी टिभी सेवा प्रदायक समेत हो।
नेपालमा भिडिओ स्ट्रिमिङ र डिजिटल कन्टेन्टको जग बसालेको हाम्रो यस प्लेटफर्मले अब नेपाल सरकारबाट ओटिटी प्रसारण सेवाको आधिकारिक लाइसेन्स प्राप्त गरेसँगै यस क्षेत्रमा नयाँ उचाइ हासिल गरेको छ।
यस इजाजतपत्रले नेटटिभी एप र हाम्रो वेबसाइट (nettv.com.np) मार्फत नेपालभर २४सै घण्टा सेवा प्रदान गर्ने अधिकार सुनिश्चित गरेको छ।
कम्पनीले आधिकारिक रूपमा नेपाली, अंग्रेजी, हिन्दी लगायतका भाषाहरूमा इजाजतप्राप्त टेलिभिजन च्यानलहरू, अनुमति प्राप्त विदेशी कार्यक्रमहरू तथा उत्कृष्ट डिजिटल कार्यक्रमहरू प्रसारण गर्ने बताएको छ।