इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दसैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले २०० एमबिपिएस इन्टरनेटको ३ महिनाको शुल्क ५ हजार ७ सय रूपैयाँमा ७ महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्।
यस अफरमा ग्राहकहरूले ४ महिनाको इन्टरनेट बोनस, वाइफाई सिक्स राउटर तथा निःशुल्क जडानको सुविधा प्राप्त गर्नेछन्।
दसैंको अवसरमा ग्राहकलाई थप बचतसँगै उच्च गतिको भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो अफर सार्वजनिक गरेको क्लासिक टेकले जनाएको छ।