नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढीकरण तथा पुराना मोबाइल प्रयोगकर्तालाई नयाँ प्रविधिमा आबद्ध गराउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीच सहकार्य भएको छ।
सहकार्यअन्तर्गत ग्राहकले छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्स्चेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा पाउने भएका छन्।
सामसङको ग्यालेक्सी प्रविधि र एनसेलको कनेक्टिभिटी नेटवर्कलाई एकीकृत गर्दै नेपालभरका ग्राहकलाई उन्नत मोबाइल प्रविधि र एआई अनुभव सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
यस सहकार्यले नयाँ स्मार्टफोन खरिदलाई मात्र नभई पुरानो २ जी प्रविधिबाट ४ जी कनेक्टिभिटीमा स्तरोन्नति गर्न पनि प्रोत्साहन गर्नेछ।
२ जीदेखि ४ जीमा स्तरोन्नति अभियानअन्तर्गत ग्राहकले जुनसुकै २ जी मोबाइल साटेर सामसङको ४जी स्मार्टफोन खरिद गर्दा पाँच हजार रुपैयाँसम्मको एक्स्चेन्ज सुविधा पाउनेछन्।
यसका साथै न्यूनतम एक हजार २२१ रुपैयाँदेखि सुरु हुने मासिक किस्ताबन्दी (इएमआई) सुविधाले नयाँ फोन खरिदलाई थप सहज बनाउने कम्पनीको भनाइ छ।
सहकार्यको अर्को उद्देश्य एआई तथा कनेक्टेड प्रविधिको अनुभवलाई महँगा तथा प्रिमियम स्मार्टफोनमा मात्र सीमित नराखी धेरैभन्दा धेरै ग्राहकसम्म पुर्याउनु हो।
दैनिक स्मार्टफोन प्रयोगमा जेनेरेटिभ एआईको महत्त्व बढ्दै गएको सन्दर्भमा सामसङले ग्यालेक्सी उत्पादन शृङ्खलामार्फत एआई सुविधाको पहुँच विस्तार गरिरहेको छ।
ग्यालेक्सी ए१७ लगायतका स्मार्टफोनमा उपलब्ध एआई सुविधाले उन्नत प्रविधिलाई थप उपयोगी र किफायती बनाउने अपेक्षा गरिएको छ।
यस सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले फोनको मोडेल र योग्यताअनुसार एनसेलका मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउनेछन्।
ग्यालेक्सी जेड फोल्ड ८, जेड फ्लिप ८, जेड फोल्ड ७, एस २६ अल्ट्रा, एस २६ प्लस, एस २६ तथा एस २६ एफई खरिद गर्ने ग्राहकले मासिक ७९९ रूपैयाँको प्याक १२ महिनासम्म निःशुल्क प्राप्त गर्न सक्नेछन्।
उक्त प्याकमा अनलिमिटेड डेटा तथा भ्वाइस, लायन्सगेट र दैनिक १०० एसएमएस सुविधा समावेश छ।
१२ महिनाको यस प्याकको कुल मूल्य नौ हजार ५८८ रूपैयाँ हुन्छ।
त्यस्तै, ग्यालेक्सी ए१७, एम१७ तथा ए०७एस खरिद गर्ने ग्राहकले मासिक ४४९ रूपैयाँको प्याक नौ महिनासम्म निःशुल्क पाउनेछन्।
उक्त प्याकमा सात जिबी डेटा र अनलिमिटेड भ्वाइस सुविधा उपलब्ध हुनेछ। नौ महिनाको प्याकको कुल मूल्य चार हजार ४१ रूपैयाँ रहेको छ।
फ्ल्यागशिप फोन खरिदमा ३६ महिनासम्म किस्ताबन्दी
सामसङले फोन अपग्रेड गर्दा मूल्यलाई प्रमुख पक्ष मान्दै हुलास फिन सर्भसँगको सहकार्यमा किस्ताबन्दी भुक्तानी योजनालाई पनि सहज बनाएको छ।
छनोट गरिएका फ्ल्यागशिप स्मार्टफोन खरिद गर्दा ग्राहकले ३६ महिनासम्मको इएमआई सुविधा लिन सक्नेछन्।
यस योजनाअन्तर्गत मासिक किस्ता पाँच हजार १०६ रुपैयाँदेखि सुरू हुनेछ।
यसले सामसङका उन्नत फोल्डेबल स्मार्टफोनलाई थप ग्राहकको पहुँचमा पुर्याउने अपेक्षा गरिएको छ।
त्यस्तै, छनोट गरिएका ग्यालेक्सी फ्ल्यागशिप स्मार्टफोनमा अपग्रेड गर्ने ग्राहकले १० हजार रूपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन्।
योग्य ग्यालेक्सी जेड र एस सिरिजका स्मार्टफोन खरिदकर्ताले एक वर्षको थप वारेन्टीसमेत प्राप्त गर्नेछन्।
यसका अतिरिक्त सामसङका विभिन्न स्मार्टफोनमा २४ महिनासम्मको इएमआई सुविधा उपलब्ध हुनेछ।
यसले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार स्मार्टफोन छनोट गर्न सहज बनाउने कम्पनीले जनाएको छ।
समग्रमा सामसङ र एनसेलबीचको यो सहकार्यले पुराना मोबाइल प्रयोगकर्तालाई ४जी प्रविधिमा स्तरोन्नति गर्न, ग्यालेक्सी स्मार्टफोनको पहुँच विस्तार गर्न तथा नेपालमा एआई र डिजिटल कनेक्टिभिटीको प्रयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।