आइतबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ।
अघिल्लो कारोबार दिन (शुक्रबार) प्रतितोला ६ सय रूपैयाँ मूल्य बढेर दुई लाख ३८ हजार ४ सय रूपैयाँमा किनबेच भएको थियो।
आइतबार थप २ सय रूपैयाँले बढेपछि दुई लाख ३८ हजार ६ सय रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। आइतबार १७ डलरले मूल्य बढेर प्रतिऔंस ४ हजार एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।
स्थानीय बजारमा आइतबार चाँदीको मूल्य भने घटेको छ। अघिल्लो कारोबारको तुलनामा प्रतितोला ५ रूपैयाँले मूल्य घटेपछि तीन हजार १५ रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार एक तोला चाँदीको मूल्य ३ हजार २० रूपैयाँ रहेको थियो।