नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने घटेको छ।
बिहीबार तोलामा पाँच हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार तीन अमेरिकी डलरमा कारोबार भइरहेको छ।