नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको भाउ बढेको छ।
आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ आज पनि प्रतितोला पाँच हजार ६ सय रूपैयाँ नै बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २६ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला तीन लाख २० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।
आइतबार प्रतितोला पाँच हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार ६ हजार २० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार चार सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।