नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ बढेको छ।
शुक्रबार प्रतितोला चार हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन हजार पाँच सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार प्रतितोला पाँच हजार चार सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार चार ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।