नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ सामान्य बढेको छ।
बुधबार तोलामा दुई हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला तीन लाख दुई हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।
बुधबार प्रतितोला पाँच हजार दुई सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।