नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ घटेको छ।
मंगलबार तोलामा एक हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला आठ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला तीन लाख एक हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।
मंगलबार प्रतितोला पाँच हजार एक सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार एक सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।