नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ बढेको छ।
आइतबार तोलामा दुई हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ९९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।
आइतबार प्रतितोला चार हजार नौ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ४५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।