नेपाली बजारमा आज मंगलबार सुन-चाँदीको भाउ घटेको छ।
सोमबार तोलामा एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ मंगलबार प्रतितोला तीन हजार रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९७ हजार ५०० रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार सुन प्रतितोला ३ लाख ५०० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।
सोमबार प्रतितोला ५०४५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४९४५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।