नेपाली बजारमा आज (सोमबार)सुन-चाँदीको भाउ घटेको छ।
गत बिहीबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।
आइतबार तोलामा आठ हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला तीन लाख आठ रूपैयाँमामा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ।
आइतबार प्रतितोला चार हजार आठ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।