नेपाली बजारमा आज (बिहीबार) पनि सुन-चाँदीको भाउ घटेको छ।
बुधबार तोलामा १० हजार एक सय रूपैयाँ र बिहीबार प्रतितोला पाँच हजार एक सय रूपैयाँ गरी दुई दिनमा सुनको भाउ तोलामा १५ हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।
बुधबार प्रतितोला चार हजार सात सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार ६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।