नेपाली बजारमा आज (आइतबार) पनि सुन-चाँदीको भाउ घटेको छ।
शुक्रबार प्रतितोला १२ हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने तोलामा एक हजार पाँच सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आाइतबार चाँदीको मूल्य पनि घटेको छ।
शुक्रबार प्रतितोला तीन हजार सात सय रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिोला एक सय रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।