नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले चालु वर्षका लागि ४६ अर्बको बजेट बनाएको छ। प्राधिकरणले चालु वर्षाका लागि गरिने खर्च र आम्दानीको अनुमानित विवरणसहितको बजेट तयार पारेको हो।
प्राधिकरण स्रोतका अनुसार चालु वर्षका लागि ४६ अर्ब ९६ करोड बजेट प्रस्ताव गरिएको छ।
प्राधिकरण सञ्चालक समितिबाट पारित भइसकेको बजेट मन्त्रीको हस्ताक्षर हुनमात्र बाँकी रहेको छ। यो वर्षको बजेटमा प्राधिकरणले पूरानै आयोजनाका लागि प्रसस्त बजेट विनियोजन गरेको छ। नयाँ आयोजनाका लागि बिनियोजन गरेको छैन।
स्रोतका अनुसार चालु वर्षका लागि प्राधिकरणले तीन ठूला आयोजनाका लागिमात्र आधा बजेट विनियोजन गरेको छ।
निर्माणाधिकन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि झन्डै २३ अर्ब विनियोजन गरिएको छ।
यसअघि नयाँ मन्त्री आउनेवित्तिकै नयाँ विमानस्थल बनाउन बजेट विनियोजन गर्ने परम्परा रोकिएको प्राधिकरणले जानकारी दिएको छ।
'अर्थ मन्त्रालयको निर्देशन र मन्त्री ज्यूको चाहनामै नयाँ आयोजनामा बजेट गएन यो पालिन भएकै आयोजना पूरा गर्नेतिर हाम्रो ध्यान केन्द्रित भएको छ' प्राधिकरण स्रोतले भन्यो।
क्यानको अघिल्लो वर्षको बजेट ४५ अर्ब १७ करोड थियो।