मेटलाईफ नेपालका एक सय तीस जना कर्मचारी माघ २९ देखि फागुन २ गतेसम्म ‘ह्याबिट्याट फर ह्युम्यानिटी’सँग सहकार्य गरी पाँँचखाल काभ्रेको भुकम्प प्रभावित क्षेत्रमा आवास पुननिर्माण कार्यमा स्वयंसेवकको रुपमा संलग्न भएका छन्।
स्वयंसेवीको टोलीमा मेटलाइफ नेपालको भाइस प्रेसिडेन्ट र जेनेरल म्यानेजर निर्मल काजी श्रेष्ठसंगै हेड अफ अपरेसन, राम कुमार यादव सामेल थिए।
समुदायको अवास निर्माण गर्ने कार्यमा स्वयंसेवीहरु स्थानीय समुदाय सँगसंगै ढुंगा फुटाउने, इट्टा बोक्ने र स्वेलिङ गर्ने जस्ता कार्यमा संलग्न भएका थिए।
एसियाका धेरै देशमा ह्याबिट्याट फर ह्युम्यानिटिसंग विभिन्न आयोजनाहरुमा काम गरिसकेको मेटलाईफले बताएको छ।