मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई फेस मास्क तथा स्यानीटाइजर निःशूल्क दिने भएको छ।
रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टाभित्र काठमाण्डौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ।
‘कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन अनुरोध गरिरहेको छ। ‘यो अवस्थामा हामीले सर्वसाधारणको आवश्यक्ता पूरा गराउनका लागि यस्तो अभियान चलाएका हौं’ ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने।
बजारमा मास्क र स्यानिटाइजरको अभाव भैरहेका बेला रिचार्जरबाट विद्युतीय उपकरण खरिद गर्दा निःशूल्क मास्क र स्यानिटाइजर वितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ।
मोबाइल फोन, टेलिभिजन, ल्यापटप लगायतका उपकरण खरिद गर्ने हरेक ग्राहकले मास्क र स्यानिटाइजर निःशूल्क पाउने छन्।
यससँगै मोबाइल एपबाट नै रकम भुक्तानी तथा किस्ताबन्दीको आवश्यक प्रकृया पुरा गर्ने व्यवस्था मिलाइएको रिचार्जरले बताएको छ। किस्ताबन्दीमा सामान किन्न चाहनेहरुले शून्य प्रतिशत व्याजदरमा सामान खरिद गर्न सक्छन्।
विभिन्न वाणिज्य बैंकको इन्टरनेट बैंकिंग, विद्युतीय भुक्तानी सेवाप्रदायकका प्रयोगकर्ताले मोबाइल एपबाट सामान खरिद गरेपछि सिधंै रकम भुक्तानी गर्न सक्छन्।
गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १०० क्यास प्वाइन्ट पाउछन्। रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ। अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिने बताइएको छ।