इ-कमर्स बरदान अनलाइन स्टोरले नेपालीहरूको महान चाड बडादसैंको अवसरमा 'बरदान दसैं उत्सव' कार्यक्रम सुरू गरेको छ।
असोज ११ गतेदेखि कात्तिक ६ गतेसम्म चल्ने उत्सवमा ग्राहकले ३० प्रतिशतसम्म छुट र विभिन्न पुरस्कारहरू प्राप्त गर्ने बताइएको छ।
एक हजार रुपैयाँभन्दा बढी सामान खरिदकर्तालाई स्टोरले अर्डरकोड उपलब्ध गराउने र त्यसै कोडमार्फत् लक्की ड्रमार्फत विजेता छनोट गरिने कार्यकारी प्रमुख सञ्जीव पौडेलले जानकारी दिए।
लक्की ड्रबाट उपहार जित्नेलाई खसी, चितवनको बाराही जंगल रिसोर्टको तर्फबाट २ दिन १ रातको कपल स्टे विथ डिनर, सराङकोट माउण्टेन लजमा २ दिन १ रातको कपल स्टे विथ डिनर र पाँच हजार रुपैयाँ बराबरको ब्यञ्जन रेष्टुरेन्टमा फुड कुपन प्राप्त गर्ने पौडेलले बताए।
यसबाहेक बरदान दसैं उत्सवको उपहारमा ५० जनाले हरेक हप्ता ५ सय रुपैयाँ बराबरको बरदान अनलाइन स्टोरको गिफ्ट भौचर पाउनेछन्। दसैं उत्सवको समाप्तिपछि दोस्रो ठूलो चाड तिहारको अवसरमा पनि अर्को अफरका साथ कार्यक्रम गरिने कार्यकारी प्रमुख पौडेलले जनाए।
स्टोरका प्रबन्ध निर्देशक वैभव पौडेलले कोरोना महामारीका बीच नेपालीको महान चाडको अवसरमा ग्राहकको जीवनमा खुसी ल्याउन उत्सव ल्याएको बताए।
उनले भने, ‘दसैंका बेलामा आशा थप्नका लागि आकर्षक पुरस्कार लिएर आएका हौं।’
बरदानमा सपिङ गर्न आधिकारिक वेबसाइट (BardanStore.com) मा आफूले चाहेको सामान अर्डर गर्न सकिन्छ। साथै, ९८०२८४११२२ मा फोन गरेर पनि अर्डर टिपाउन सकिन्छ।