सिटी एक्सप्रेस मनी ट्रान्सफरले भ्वाइस अफ नेपाल – सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ।
सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भ्वाइस अफ नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रमसँग आबद्ध हुन पाउँदा खुशी लागेको बताए।
देश बिदेशमा रहेका नेपालीलाई यसले गायन प्रतिभा देखाउने एउटा राम्रो प्ल्याटफर्म प्रदान गर्ने उनको भनाइ छ।
सो कार्यक्रम हिमालय एचडी टिभी बाट प्रसारण हुने छ र यस कार्यक्रमको डिजिटल अडिशन भने शुरु भैसकेको छ।
सिटी एक्सप्रेसले आन्तरिक विप्रेषण अन्तर्गत देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, बैंकमा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने सुविधाहरु दिँदै आएको छ।