इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशनले गायक तथा गीतकार सुशान्त केसीलाई ब्राण्ड एम्बासडर घोषणा गर्दै ‘इन्टरनेट फर ड्रिमर्स’ अभियानको सुरूआत गरेको छ।
यस अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ।
यो अभियान डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तक्र्रियात्मक कार्यक्रम र अनुभव आदानप्रदान गर्ने गतिविधिहरू मार्फत अगाडि बढाइनेछ।
यस अभियानले कन्टेन्ट क्रिएटर तथा डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकहरूलाई भायानेटसँगै ठूला सपना देख्न र इन्टरनेटको सही प्रयोग गरी ती सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
भायानेटले सुशान्त केसीसँगको सहकार्यलाई गौरवको रूपमा लिएको उल्लेख गरेको छ। केसीको सङ्गीतप्रतिको समर्पूण, दृढता र लगावले नेपाली युवापुस्तामा ऊर्जा र आत्मविश्वास भरेको कम्पनीको भनाइ छ।