किङ्स कलेजको 'ओथारो इन्क्युबेसन' कार्यक्रमको पाँचौं ब्याच डेमो डेसहित सम्पन्न भएको छ।
कलेजमा आयोजित कार्यक्रममा १० वटा उद्यमले आफ्ना व्यवसाय तथा उत्पादनबारे प्रस्तुति दिएका थिए।
डेमो डेमा तुम्लेट बोर्ड गेम्स, परमेडो नेपाल, सम्पर्क डिजिटल लोयल्टी, लेक्साना, सानो इन्जिनियर, मिस्टर वाफल्स, स्टुडियो ब्रिटान्टा, यार्सा एग्रो रिसर्च, नलेज एप र एथर सोसल ल्याबले प्रस्तुति दिएका हुन्।
कार्यक्रममा लगानीकर्ता, मेन्टर, उद्यमी तथा स्टार्टअप इकोसिस्टमका प्रतिनिधिसहित ९५ जनाभन्दा बढी सहभागी थिए।
६ महिनाको इन्क्युबेसन अवधिमा सहभागीले १४ वटा सिकाइ सत्र, व्यक्तिगत कोचिङ तथा मेन्टरिङ प्राप्त गरेका थिए। कार्यक्रममा 'पिच अफ द डे' अवार्ड सम्पर्क लोयल्टीले प्राप्त गरेको कलेजले जनाएको छ।
डेमो डेमा किङ्स स्टार्टअप फन्ड पनि सार्वजनिक गरिएको छ। फन्डमार्फत प्रारम्भिक चरणका स्टार्टअपलाई ब्याजरहित ऋण तथा अनुदानका रूपमा प्रतिटिम २ लाख रुपैयाँसम्म उपलब्ध गराइने र कुल १५ लाख रुपैयाँको फन्ड स्थापना गरिएको कलेजले जनाएको छ।
कार्यक्रमसँगै ओथारोको छैटौं ब्याचका लागि आवेदनसमेत खुला गरिएको कलेजको भनाइ छ।